जन्मदिनको उपहार
माया विद्यालमा सधैँजसो अबेर पुग्छिन् ।
त्यसैले समयमै पुग्न एउटा साइकल पाए हुन्थ्यो भनी उनी चिताउँछिन् ।
यो कुरा आफ्ना गुरुमा र साथीहरूलाई सुनाउँछिन् र
कतै पाइन्छ कि भनेर पनि सोध्छिन् । उनकी आमाले किनिदिन्छु
त भनेकी थिइन् तर कछुवाले चढ्ने साइकल कहाँ किन्न पाइन्छ,
त्यो भने उनलाई थाहा थिएन । उनको
जन्मदिनमा उनले आफ्ना गुरुमा र साथीहरूबाट एउटा उपहार पाउँछिन्,
तर त्यो साइकल भने होइन । साँच्चै त्यो के हो त, पढेर हेरौ र रमाऔँ ।