मुनी पाठी करायो
बाख्राले दुईवटा साना पाठा पायो । अनि त्यसपछि के भयो होला त ?
यो किताब भर्खर पढ्न सुरु गरेका साना–साना नानीहरूका लागि तयार
पारिएको हो । यसमा प्रस्तुत विषय, शैली र प्रस्तुति सहज,
मीठो र सरल होस् भनेर सकेसम्म मिहिनेत गरिएको छ ।
खास गरेर हाम्रा नानीहरू आफैँ उत्साहित भई पढून् भन्ने उद्देश्यले नै यो तयार पारिएको हो ।
कतै अप्ठेरो शब्द भेटिएमा आफ्ना बालबालिकालाई
सघाउनु हुन गुरु तथा अभिभावकहरूसँग अनुरोध गरिन्छ ।