सानी र सुरी
सानीको घरमा एउटा बिरालो थियो । उनी बिरालालाई सुरी भनेर बोलाउँथिन् ।
एक दिन उनी विद्यालयबाट घर आएर बिरालाको खोजी गरिन् ।
उनले धेरैतिर खोजिन् तर फरक फरक प्रकारका बिराला देखिन् ।
उनले सुरीलाई कतै भेटिनन् । अब उनले आफ्नो बिरालो भेट्टाउँछिन् त ?