ठुलाे भएँ कि सानै छु ?
एउटा सानो बाबु आफू निकै ठुलो भइसकेँ भन्ने ठान्छन् ।
उनी आफ्ना जुत्ताको तुना मजाले बाँध्न सक्छन् ।
तर, उनी सानै छन् ! घरमा रङ लगाइरहनु भएको बुबालाई सहयोग गर्न सक्दैनन् ।
उनी आफैँ खान सक्छन् ।
त्यसैले उनी आफूलाई ठुलो भइसकेको ठान्छन् ।
तर, कति साना छन् भने आमालाई खाना पकाउन सहयोग गर्न सक्दैनन् ।
वास्तवमा उनी ठुलो भइसकेका हुन् कि सानै छन् होला ?