Simple concepts, up to 600 words.
आमा जिराफ सधै दिनभरी सुन्तलाको बगैचामा असिनपसिन भएर काम गर्दछ । उसको सानो बच्चा जिराफले घामबार पार पाउनका लागि निकालेको जुक्ति ।
एकादेशमा संसारमा सबै चराहरु सेतो रङका थिए। जादु बाबासंग उनीहरूको रङ परिवर्तन गर्न सक्ने शक्ति थियो । जादू बाबाले के गर्यो होला ?
नन्दी संसारको बारेमा सबै प्रकारका अनौठा चीजहरू सोचिरहेकी छिन् र यो एक साधारण प्रश्नबाट सुरू हुन्छ: यदि…?
हामी मध्ये हरेकको अद्भुत शरीर छ। तर के तपाईंले कहिल्यै यो कुरा सुन्नु भएको छ?
निमा एक दिन पटक्कै खुसी देखिन्नन् । नयाँ जुत्ता, भोला अनि किताप र कलम पाउँदा पनि उनी खुसी हुन्नन् । उनी खुसी नहुनाको कारण के होला त ? के उनी पछि खुसी हुन्छिन् ?
एक फोहोर को डङ्गुर नजिकै केहि बालबालिका बस्दथे। उनीहरु पढ्न बिद्यालय पनि जाँदैन थिए। एक दिन एकजना दिदी आउनुभयो र उनीहरुको जीवन सधैंको लागि परिवर्तन गर्दिनुभयो। दिदी र उनको साथीहरुको बारे यो रमाइलो कथा पढ।
एउटी सानी नानीले उसकी आमालाई चरा डाक्न मद्दत गर्न आग्रह गर्दछ।
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एकजना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रूखको छहारीमा निदाउदा बादरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ । सिङ्गो कथा पढी आनन्द लिउँ । राम्रो लागे अरुलाई पनि सुनाउँ ।
टुमीको पार्कमा पहिलो भ्रमण। उनी धेरै उत्साहित छिन्, पार्कमा धेरै साहसिक क्रियाकलापहरू छन्। उनले त्यहाँ नयाँ साथी पनि बनाउन सक्छिन्….
टिन ट्रङ, पुन्टे बस, धेरै लामो यात्रा गर्दछ। ऊ उज्यालो घाम, धुलो, र फोहोर सबैसँग लड्दैपडदै उकाली ओराली गर्छ । अब ऊ कहिले निको होला र आफ्ना यात्रुलाई ओसारपसार गर्ला ?
“जुँगेदाइको कोठा” जुँगेदाइ भन्ने एकजना मानिसको कथा हो । ऊ आफ्नो कोठा सफा राख्तैन । उसको कोठा ठूलो छ तर फोहर छ । उसका सामानहरु जथाभाबी फालिएका छन् । फालिएका सामानहरु ठीक–ठीक ठाँउमा नराखिदिनाले रिसाएका छन्, चिढिएका छन् । जुँगेदाइका सामानहरु आपसमा छेकिने र ठोकिने हुँदा बरोबर बाझ्ने गर्छन्।एक दिन जुँगेदाइका सामानहरुले तिनका आफ्ना जटिल समस्याहरु सुल्झाउने उपायको खोजी गरे । तिनीहरुले जुँगेदाइका खराब बानीबेहोरा बारे सजग पार्दै जुँगेदाइलाई लेख्न पयो भनी कलमसित अनुरोध गरे । कलमले भने जुँगेदाइबाट आफू नसमातिईकन आफूले केही पनि लैख्न सक्तिनँ भन्यो । त्यसबेला जुागे दाइले तिनीहरुको कुराकानी सुटुक्क सुन्छ र उसले आफ्नो गल्ती मनमनै महसुस गर्छ । त्यस दिनदेखि जुँगृदाइले आफ्ना सामानहरु ठीक–ठीक ठाँउमा राख्ने र कोठा सफा गर्ने निधो गर्छ ।
छुनु र मुनु एक चिसो बिहान उठ्छन्। तिनीहरूले आफ्नो न्यानो लुगा पाउन सक्दैनन्! उनीहरूको कपडा कहाँ हुन सक्छ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.