भाभो भैंसी
भाभो भैंसीका सिङहरू सुन्दर थिए । एकदिन उसका सिङहरू पानीले भिजे । भिजेका सिङमा हावाले उडाएको फोहर टाँसियो । भोलिपल्ट उड्दै गरेको एउटा चराले अकस्मात एउटा बीउ भाभोको सिङमा खसाल्यो । चाँडै नै त्यो बीउबाट रूख उम्रयो । सिङमा रूख उम्रेपछि भाभोले अब के गर्ला ?