Your Email*
Your Message
Δ
छुनु र मुनु साना नानीहरू हुन् । उनीहरू चित्र बनाउन मन पराउँछन् । उनीहरूको चित्र बनाउने इच्छा पुरा भयो त ?
यो किताब प्राथमिक तहका साना–साना नानीहरूका लागि भनी तयार पारिएको हो । सुनेका र देखेका कुराबारे बालकहरू प्रश्नहरू उठाउँछन्, ‘यो घर कसको ?’ अरू प्राणीप्रति माया गर्ने यो बालकविता लयमा पनि छ । यसलाई लय हाल्दै आफैँ पढौ र मजा लिऔँ।
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एक जना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रुखको छहारीमा निदाउँदा बाँदरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ । सिङ्गो कथा पढी आनन्द लिऔँ । राम्रो लागे अरूलाई पनि सुनाऔँ।
टिना कसरी आकाशमा ताराहरू चम्कन्छन् भनेर हेर्न मन पराउँछिन्। उनी ती ताराहरूलाई आकासबाट टिप्न चाहन्छिन्। टिनाले यो काम कसरी गर्छिन् होला?
माउ कुखरीले आफूले भर्खरै कोरलेका चल्लाहरूका लागि भोजको आयोजना गर्ने बिचार गरी । तर त्यसका लागि आवश्यक सरजाम तयार गर्न अरूको मदत चाहिन्थ्यो । माउ कुखरीलार्ई कसले मदत गर्ला त?
छुनु र मुनु विद्यार्थी हुन् । उनीहरू पढ्न र खेल्न मन पराउँछन् । उनीहरूको दैनिकी कसरी चलिरहेको होला त ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.