This short story celebrates the abilities of people with disabilities.
छुनु र मुनु साना नानीहरू हुन् । उनीहरू चित्र बनाउन मन पराउँछन् । उनीहरूको चित्र बनाउने इच्छा पुरा भयो त ?
यो किताब प्राथमिक तहका साना–साना नानीहरूका लागि भनी तयार पारिएको हो । सुनेका र देखेका कुराबारे बालकहरू प्रश्नहरू उठाउँछन्, ‘यो घर कसको ?’ अरू प्राणीप्रति माया गर्ने यो बालकविता लयमा पनि छ । यसलाई लय हाल्दै आफैँ पढौ र मजा लिऔँ।
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एक जना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रुखको छहारीमा निदाउँदा बाँदरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ । सिङ्गो कथा पढी आनन्द लिऔँ । राम्रो लागे अरूलाई पनि सुनाऔँ।
टिना कसरी आकाशमा ताराहरू चम्कन्छन् भनेर हेर्न मन पराउँछिन्। उनी ती ताराहरूलाई आकासबाट टिप्न चाहन्छिन्। टिनाले यो काम कसरी गर्छिन् होला?
सानो बाबुले देखे सबै सुन्दर चराका सिउर छन् । उनले चाहिँ सिउर कसरी पाउलान् ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.